18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत आनन्द अस्मानी January 17, 2010, 9:31 pm

कहाँ हुन्छ होला मायाँ माटो बिर्सनेको

जहाँ हिँड्छ आफू त्यही बाटो बिर्सनेको ।

जुनै फूल फुल्नु तर पखेरामा फुल्नुपर्छ

आफ्नो भन्न आफ्नोपन सवै त्यहाँ घुल्नुपर्छ ।

के ले जिब्रो डाम्यो कुन्नि आँटो बिर्सनेको

जहाँ हिँड्छ आफू त्यही बाटो बिर्सनेको ।

कुल्चिएर गएपनि पसिनाले धुनुपर्छ

आफ्नो भनी गर्वगर्न हत्केलाले छुनुपर्छ ।

छोप्नसम्म छोपी आफ्नो टाटो बिर्सनेको

कहाँ हुन्छ होला मायाँ माटो बिर्सनेको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।