न जलाउ भो जल्दै म मरुँ कसरी
मायाको त्यो तापमा म जलुँ कसरी
उज्यालो त छँदै छ चम्किलो त्यो मुहार झन्
तिम्रो रूपको त्यो बयान म गरुँ कसरी
फुत्कनै असम्भव मायाको त्यो जालमा
फसेकै छु पहिल्यै म भनुँ कसरी
मनको त के कुरा तनको त्यो चालढाल
भो गार्हो भो म आफूलाई सम्हालुँ कसरी
मेरा मनमा तरङ्ग तिम्रा ती हाउ भाउ
देखेर तिमीलाई म सोधुँ कसरी
नुवाकोट, हाल: बेल्जियम