18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विष्णु प्र. चापागाईं January 12, 2010, 8:17 pm

माया लाएर पो हो कि, कसम खाएर पो हो कि

दिन दिनै सुकिरहेछु म तिमी नपाएर पो हो कि

कस्तो चीज हो यो आफैमा रोग उब्जिदिने

घाँटी सुकिरहन्छ तिम्रो गीत गाएर पो हो कि

दोष छैन यहाँ कसैको नसराप्नु पनि कसैलाई

टुक्रा-टुक्रा भयो मुटु प्रीत लाएर पो हो कि

पर्खिरहेछु त्यो दिन तर जीउने आशा नि मर्यो

बर्बाद भएँ म अब अझै तिमी नआएर पो हो कि

दमक, झापा; हालः दमाम, साउदी अरेबीया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।