18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आयुष चौधरी सम्मोहन January 12, 2010, 4:20 pm

रातभरी सितको थोपा खस्यो आँगनीमा

आज फेरी ब्यूँझ्यो अतित डस्यो आँगनीमा

थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा

कति खेर तिम्रो तस्विर बस्यो आँगनीमा

समानान्तर रेखा जस्तै हाम्रो मिलन दौडिरहदा

आशा सबै निराशा भै फस्यो आँगनीमा

गाह्रो भयो पुरा गर्न जिन्दगीका पानाहरु

लेखिएन मनको ब्यथा पस्यो आँगनीमा

रझेना ५ कौशिलानगर, बाँके

हाल: रेडियो जन आवाज एफ. एम. ९७.३ मेगाहर्ज, नेपालगञ्ज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।