हो आज म कसैको परानीको कुरा गर्दैछु
संगै विताएको त्यो सिरानीको कुरा गर्दैछु
आफन्तको यादमा तड्पि रहन्थे कैँयौ पल
पराई ठानेपछि एक्लै बिरानीका कुरा गर्दैछु
एकान्तमा बाँडेका सपना दनदनी जलाए
मन बहकाई उडेको खरानीका कुरा गर्दैछु
मायाको खोलले ओडाउछु भन्थिन उनी
किनार छाडी जाने महारानीको कुरा गर्दैछु
रित्तिएको भर्नलाई दैलो दैलो चहार्दै हिड्ने
दया हैन मायाकी खानीका कुरा कुरा गर्दैछु
शिखरपुर–९ शितलकुञ्ज, बैतडी