18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मोहन लम्साल January 11, 2010, 8:33 pm

धाजा धाजा भएकोछ मन हिजो आज

लाग्छ डर सम्झी भोलि कस्तो होला राज

देखे पछि भुलिरा'को चारो तिरै माऊ

चल्ला टिप्ने दाउमा छ नजिकैको वाज

वौलाएको मान्छे'रे फोहोर टिपी रा'को

देखि हास्छन सद्धेहरु पचाएर लाज

चिन्तित छन् क ख पढाउने गुरुहरु

सिक्न थाले पछि चेला बन्दुक-कवाज

कराएनी मेची-काली लेक-बेसी चर्कीइ

पुग्ला कहिले भित्ताका कानमा आवाज

हाल: सुडान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।