बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी
लजाउँदा झनै राम्री मेरी मनकी रानी ।
जति हेर्यो उति हेरुँ लागिरन्छ पल-पल
जे गरे नि तस्बिर तिन्को आइरन्छ झल-झल
अमृत पनि नशा भयो सम्झनामा तिनको
मन-मन्दिरमा माया बस्यो भेट्दा एकै छिनको ।
अपसरा नि फिका लाग्छ हाँसी हाँसी बोल्दा
स्वर्गै पाउँथे होला तिनले अंगालोमा बाँध्दा
एकान्त नि प्यारो लाग्छ एक्लै गुन-गुनाउदा
चखेवा झैँ उँडु लाग्छ तिनलाई सामु पाउँदा ।
अस्टिन, अमेरिका