18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नवराज आचार्य January 10, 2010, 11:40 pm

प्रितसँगै मुस्कुराउ, मुस्कुराउँदै नाच तिमी

छोपी बैस चोलियाले कम्मरलाई भाँच तिमी

होस् राखे पधेरीमा भरिदैछ जवानी गाग्री झैँ

छ्चल्केला आज नै सारा भोलिलाई साँच तिमी

मेला पात घाँस दाउरा सिकारीका जालहरु

अलोक।। भनि आउलान द्वार परै जाँच तिमी

सम्हालिनु यो घडीमा नाडी तान्ने धेरै होलान

टुक्रिएपछि नजोडिने पारदर्शी काँच तिमी

फिक्का छन चम्पा चमेली कोइली मर्छे इर्ष्याले

भएर श्रेष्ठ श्रीजनामा जुनी जुनी बाँच तिमी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।