आगो हो मान्छे,
छाँगो हो मान्छे ।
पहराको फूल टिप्छ,
टाँगो हो मान्छे ।
स्मृतीको माला उन्छ,
धागो हो मान्छे ।
जहाँ टेक्यो भाँचिन्छ,
हाँगो हो मान्छे ।
आफ्नैलाई चिल्छ,
खागो हो मान्छे ।
लखनपुर, झापा
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।