18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बलदेव भट्टराई January 9, 2010, 10:44 pm

छाती भित्र-भित्रै राखी सजाउने रहर मेरो ।

आँखा भरि-भरि हेरी रमाउने रहर मेरो ।।

पवनका लहरमा लहराएको केसराशी ।

फूल सुस्त-सुस्त सजी सुम्सुम्याउने रहर मेरो ।।

गुलाबका पत्र बनी मन हर्ने ती ओंठ ।

भाव मन्द-मन्द बोली फुस्फुसाउने रहर मेरो ।।

मनोरम हिमशैल डुल्दै जीवन कुण्ड ।

गीत चिर्बिर-चिर्बिर गाइ गुन्गुनाउने रहर मेरो ।।

डडेलधुरा, हाल: कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।