18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सरोज गिरी January 9, 2010, 9:46 pm

जिन्दगीको अझ एउटा गाउँ जित्नु छ

सम्झी राख्ने दुनियाले नाउँ जित्नु छ

सुख पाएँ, दु:ख पाएँ, पाए जति सबले छोडे

छोडी जानु नपर्ने एक ठाउँ जित्नु छ

खोला तरें ताल तरें गाउँदेखि सहर तरें

पिरतीको सागर तर्ने नाऊ जित्नु छ

मन जितें सबैको, मनले रोज्या संसार जितें

खयर उनको मनमा सानो ठाउँ जित्नु छ

कास्कीकोट-७ कास्की, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।