18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत श्याम लामा January 8, 2010, 10:26 pm

बिना कसुर जिन्दगी यो हतकडी र नेल रै'छ

बिना बादल वर्षा संगै गडगडाउने भेल रै'छ

आजसम्म जिन्दगीमा नसोचेको हुन थाल्यो

आजसम्म जिन्दगीले नभोगेको हुन थाल्यो

सोंचे एउटा हुने अर्को जिन्दगीको खेल रै'छ

बिना बादल वर्षा सँगै गडगडाउने भेल रै'छ

शिखर चुम्ने सपनाहरु शुन्यतामै लिन भयो

यात्रा गर्नु धेरै थियो दुइ पाइलामै बिलिन भयो

नखाएको बिष लाग्ने काल कोठरी जेल रै'छ

बिना बादल वर्षा सँगै गडगडाउने भेल रै'छ

धोका पनि जिन्दगीमा पानी सरि पिउन थाले

दु:ख पीडा बेदनालाई साथी बनाइ जिउन थाले

जीवन बग्ने पानी सँगै किनाराको मेल रै'छ

बिना बादल वर्षा सँगै गडगडाउने भेल रै'छ

सिन्धुली, मझुवा, हाल: दोहा कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।