तिम्रो काखमा हुन पाए एकैछिन लुटुपुटु ।
पिईदिन्थेँ बरु बिष प्याला भरी घुटुघुटु ॥
तिम्रो काख भन्दा न्यानो मेरा लागि घाम छैन ।
तिम्रै नाम जप्नु भन्दा अरु कुनै काम छैन ।
पलभर न देख्दा नि मन खान्छ कुटुकुटु ।
तिम्रो काखमा हुन पाए एकैछिन लुटुपुटु ॥
जहाँ जहाँ जाउ तर संगसंगै हुन्छु म त ।
तिमीलाई संझिएर हरपल रुन्छु म त ।
फुटालेर छाति बरु चढाउँथेँ आफ्नै मुटु ।
तिम्रो काखमा हुन पाए एकैछिन लुटुपुटु ॥
पत्र-मंजुषा -१०४५४, काठमाडौँ
ईमेल: [email protected]