फेरी तिमीसंग, सम्झनाको त्यो रात मागें,
पल-पल उस्तै, कल्पनाको त्यो बात मागें ।
युगौं बित्ने मीठो, सम्बन्धको साइनो गाँस्न,
मन भरी-भरी, चाहानाको त्यो खात मागें ।
डुबी सकें आफै, सपनाको सागर भरी ,
तिर्खा मेट्ने तिम्रो, नजरको त्यो आँत मागें ।
धेरै नशा पिएँ, एकान्तमा म एक्लै-एक्लै,
सँगै डुब्ने ताल, एकलास त्यो मात मागें ।
जून तारा यहाँ, चाहिंदैन असम्भव ति ,
दिन्छौ भने टिप्ने, कौशलको त्यो हात मागें ।
सितलपाटी-६,संखुवसभा; हाल: इजरायल