18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव मिश्र January 7, 2010, 3:52 am

चढेको मातको मजा पो मजा अरू के मजा

सुहाग रातको मजा पो मजा अरू के मजा ॥

गोधूली साँझमा संगै हिड्दा अनायास झर्ने

झरी बर्षातको मजा पो मजा अरू के मजा ॥

लोकल ठर्राले झैं झुम्म झुम्म लठ्ठ पारीदिने

प्रियाको बातको मजा पो मजा अरू के मजा ॥

बिछौना बिगारी पल्टदै जिस्कदै गर्दा आफैँ

चलेका हातको मजा पो मजा अरू के मजा ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।