पुर्खा भन्थे यो माटोमा सुन फल्थ्यो पहिले
खाली हात रित्तो पेट भरिंदैन अहिले
कोही भन्छन् फलाउँछु अन्नपातको दसी
भन्ने मात्रै धेरै भए बस्छन् हाँसी हाँसीं
अभावको सिरेटोले जिवन सेपि रै'छ
बर्षौ देखि जिन्दगीले दु:ख खेपि रै'छ
पुस्तौं देखि घोटिरहेछु विधाताको कसी
किन पोखि जान्छ यहाँ भाग्य लेख्ने मसी
सारंगी झैं पीडाले यो जिवन रेटि रै'छ
छायाँ जस्तै अस्तित्व यहि मेटी रै'छ
पुर्खा भन्थे यो माटोमा सुन फल्थ्यो पहिले
खाली हात रित्तो पेट भरिंदैन आहिले
सितलपाटी-६,संखुवासभा; हाल: इजरायल