सगरमाथा थियो अरे
एकुनताका थियो अरे
सारा मान्छेले बिर्सी सके
सुरिलो भाका थियो अरे
हामी वीर भनि चिनिने
गौरवगाथा थियो अरे
मान्छे–मान्छेमा माया थियो
गहिरो नाता थियो अरे
जो कोहीले विश्वास गर्थे
ढुङ्गे विधाता थियो अरे
रेडियो कोहलपुर एफ.एम, बाँके
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।