पिरतीको गोरेटोमा अव, म लाग्दै लाग्दिन
यो दिल थापी मायाको, भिख म माग्दै माग्दिन
जे को होस् न नशा, वानी परेपछि छाड्न गाह्रो
सधैं त्यो नपुगेपछि, मिठो म चाख्दै चाख्दिन
हँसाउने कहिले रुवाउने, जात रे यो माया
पिरतीको सुन्दर जीवन, म डाक्दै डाक्दिन
भावनाको सागरमा, पौडिएजस्तो हुन्न जीवन
सगरका तारा झार्ने कुरा, म हाँक्दै हाँक्दिन
छोडिन सक्छ दोवाटोमा, माया मोडिन सक्छ
कसैलाई मागेर, देउता म भाक्दै भाक्दिन
न भोक दिन्मा न रात्मा निद्रा, यो प्रेम रोगमा
कसैलाई सजाई, यो दिलमा राख्दैै राख्दिन
डुबेको धेरै देखें, उत्रेको चाँही देखिन फेरी
त्यसैले प्रितको सागर, म नाघ्दै नाघ्दिन
जाने पिरती जीउने खेल, नजाने वगाउने भेल रे
विचलित हुनु रुनु पर्छ, सत्य यो ढाक्दै ढाक्दिन
दमौली,तनहुँ