18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जितेन्द्र मल्ल January 6, 2010, 1:59 am

ठेश लागि लड्न लाग्दा, तिम्रो साथ याद आयो ,

निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो ।

दिन रात एकै सरी, याद साँची बिताएका ,

आफू सँगै रात जाग्दा, तिम्रो साथ याद आयो ।

साथ हुँदा सयौ कोश, लाग्थ्यो के नै हो र भनी,

दुई पाइलामै आज थाक्दा, तिम्रो साथ याद आयो ।

चन्चले यो मन पनि, बरालिन्छ त्यसै त्यसै ,

भावनाले सिमा नाघ्दा, तिम्रो साथ याद आयो ।

तिमी बिना यो जिन्दगी, कसरी खै सोच्नु यहाँ,

औंशीले नि जून माग्दा, तिम्रो साथ याद आयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।