18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल एन.एच. मिश्र January 5, 2010, 8:23 pm

मध्य दिनको भान हुन्छ रातमा तिमी आएपछि

कोठाको छुट्टै शान हुन्छ रातमा तिमी आएपछि

थाहै नदिई आउँदा तिमी अकस्मात छाउँदा तिमी

रातो रातो कान हुन्छ रातमा तिमी आएपछि

रात पनि रात हुन्न कुराकानी बात हुन्न

नजरको हानाहान हुन्छ रातमा तिमी आएपछि

प्रेमको कुनै दाउ हुन्न अमूल्य यसको भाउ हुन्न

सबै कुरा दान हुन्छ रातमा तिमी आएपछि

निंद्रामा दुनियाँ भुस भए नि कठ्याङ्ग्रिदो पुस भए नि

सिरक को अपमान हुन्छ रातमा तिमी आएपछि

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।