18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिलविवश भट्ट ‘कञ्चन’ January 5, 2010, 12:24 am

माग्यौ तिमीले केवल मिठो प्यार दिए मैले

छैन सुखि दुखि भएपनि संसार दिए मैले

दिलको राजा बनाई दिलभित्र सजाएपछि

म तिम्रो, तिमी मेरी पूरा अधिकार दिए मैल

मलाई पनि कहाँ छ र रीस राग अनि द्वेष

ममतामयी यी नजरका प्रहार दिए मैले

दुई मुटु एक भए आहा ! सामिप्यतामा

शिशिर हैन बसन्तकै बहार दिए मैले

म पनि त असक्षम नै छु हिरामोती दिन

पर्खि बस एक चिम्टि सिन्दुर दिए मैले

शिखरपुर–९ शितलकुञ्ज, बैतडी

हाल: धनगढी, कैलाली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।