आज किन एकान्त प्यारो भो
जीवनको गाडा चलाउन गार्हो भो
यो मन पनि कत्ति बहकिन्छ
बहसमा ल्याउन अति सार्हो भो
सुनौलो गन्तब्य जीवन ठानेथे
आन्धकारबीच ब्यर्थ झट्टारो भो
स्वतन्त्र बाटोमा काँडा छ भन्थे
नभन्दै पहिलो पाइला तगारो भो
यात्रा छ लामो जीवन यो छोटो
यही छोटो जीवन जिउन हतारो भो
माझुवा ४ सिन्धुली,
हाल: दोहा, कतार