18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल खहरे January 4, 2010, 2:26 am

आज भोली फेरी माया जागेको छ।

तिमीसँग भेट्न मन लागेको छ।

कता-कता बिगतका सम्झिएर कथा,

मात्तिएर मनले सीमा नाघेको छ।

केही गल्ती मेरो थियो, केही तिम्रो पनि,

भन्छु सबै भन्छु, डर भागेको छ।

पुछिएछ सिन्दुर तिम्रो,उस्तै छु म पनि,

यो दुखीले तिम्रो साथ मागेको छ।

कैले वारी कैले पारी भयौ सधैं भरी,

भयो सँगै हिडौँ, जिउ थाकेको छ।

खुशी पनि जिन्दगी हो, छोड कत्ति रुनु,

'खहरे'ले 'जाउँ' भनी राखेको छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।