बाँच्नैपर्ने जिन्दगी यो बाँचेको छु जेनतेन
यो नै ठुलो रैछ भने अरु पो त गर्नु किन ।
आकाशका ताराहरु टिप्छु भन्थ्यो कोही-कोही
कोही फेरी घामसरी फुल्छु भन्थ्यो जहिँतहिँ
त्यस्तासँग मेरो केहि छैन हजुर लेनदेन
बाच्नै पर्ने जिन्दगी यो बाँचेको जेनतेन ।
मोटाउन खोज्छ कोही पराइको खुन चुसी
कोही फेरी रित्याएर दिनुमा नै देख्छ खुशी
मेरो माग्ने चिज छैन, न त सक्छु केहि दिन
बाँच्नै पर्ने जिन्दगी यो बाँचेको जेनतेन ।