18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मुरारीराज मिश्र January 2, 2010, 10:56 pm

सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेल

उन्नतिको एउटा सूत्र थाहा पाएको छु अचेल ।

ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालें

टेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल ।

योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँ

हाकिमको घर–घरमा धाउन थालेको छु अचेल ।

कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा म

परिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।