18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पोखरेल पवित्रा January 1, 2010, 3:52 am

नदिनु थियो दिल तिमीलाई नजानेर दिए,

भुल्न खोजे तिमीलाई नसकेर पिए

बिश्वासघातको तिर चलाई घाइते छाडी गयौ,

त्यही दु:ख पीडा भुल्न थोरै मद लिए

तिमी हिड्यौ नौलो यात्रा नयाँ क्षितिज भेट्न,

अन्त्यष्ठिमा हाम्रो प्रेमको श्मशानमा थिए

कमलो यो मेरो मुटु पारयौ धुजा धुजा,

च्यातिएर धुजा मुटु आँसु बगाई सिए

भुल्यौ मलाई एकादेशको कथासरि तिमीले,

भुल्न खोजे तर मैले नसकेर पिए

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।