पत्थर दिल अव मेरो गलाउन नखोजे वेस
घाईते वाघलाई अव चलाउन नखोजे वेस
बिश्वासको वाति सकियो कसरी बल्छ दियो
वेदनाको हुरी चल्दा जलाउन नखोजे वेस
सूर्य बादलले ढाक्दैमा कहाँ रात पर्छ र
यो दिनलाई रात भनि छलाउन नखोजे वेस
आफ्नो दुई अंग साहास र विश्वास भाँचियो
वैशाखी टेकि हिडेको छु ढलाउन नखोजे वेस
माटोमा जे रोप्यो त्यहि फल्छ र हजुर
सिउँडिको बोटमा एैसेलु फलाउन नखोजे वेस
तनहुँ, दमौली