आँखा जुध्दा मनको कुरा उनैलाइ थाहा रहेछ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
कहिलेकाहीं जिन्दगीमा नपाएको पाउनु पनि
माया प्रिति जिन्दगीमा नलाएको लाउनु पनि
मनमनै कुत्कुत्याउने कस्तो कस्तो चाह रैछ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
केहि क्षण आफुलाई भाग्यमानि ठानिहेर्दा
जसलाई पाए उनैलाइ देवतानै मानिहेर्दा
जिन्दगानी सुख मिलन नछुट्टिने लाह रैछ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
आँखा जुध्दा मनको कुरा उनैलाइ थाहा रहेछ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
सिन्धुली, मझुवा
हाल: दोहा, कतार