शोकमा जय मनाउने तिम्रो रहर
लोकमा रुँदा रमाउने तिम्रो रहर
म ज्वाला निभाउन प्रयासरत
हाँस्दै तेल खन्याउने तिम्रो रहर
युगौसम्म हात समाइ साथ दिँदा
मेरै बिरोध जनाउने तिम्रो रहर
बल्झियो घाऊ जिन्दगीमा फेरी पनि
मलम लाउदै कन्याउने तिम्रो रहर
बनाउन आधार दरिलो जिन्दगीको
तासको घर बनाउने तिम्रो रहर