18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भोजराज दाहाल December 28, 2009, 8:39 pm

अचेल साँझ अलि अलि पिउन थालेको छु ।

एक्लै,एक्लै तिम्रो यादमा जिउन थालेको छु ।।

बाचा कसम झुटा रैछन्,सँगै मर्ने सँगै बाच्ने ।

सम्झी झुटा बाचा कसम रिउन थालेको छु ।।

मन फाट्यो, मुटु फाट्यो पिरतिमा धाजा फाट्यो ।

पिरतिले फाटेको मन सिउन थालेको छु ।।

बाचा बन्धन भुले पनि यादहरु जिउँदै हुन्छन ।

जिउँदा याद संगालेरै जिउन थालेको छु ।।

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।