अमृतको थोप्पा हो यो दुई बुँद पिई हेर
मदहोश भै जिन्दगीको मज्जा लिई हेर
कति झेल्छ्यौ जलन संधैं तिमी आफु भित्रै
जिन्दगिनै रंगिन बन्छ दुई बुँद पिई हेर
नसुन भो आदर्शका कोरा बकवास
भिड भित्र एक्लै हराउ दुई बुँद पिई हेर
पिउनुनै जिउनु हो खै बुझेको तिमीले
अर्थ बुझ्न जिन्दगीको दुई बुँद पिई हेर
भन्नेहरु भन्छन यसलाई बिषको प्याला तर
अमृतको थोप्पा हो यो दुई बुँद पिई हेर