18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल संगम सापकोटा December 25, 2009, 12:18 am

दुख पर्दा पराइलाई गुनदियौ

घाईते हुदाँ मलाइ खुन दियौ ।

कामेको थिएँ जीन्दगीको जाडोमा

आफु नओडि मलाइ उन दियौ ।

माग्ने मान्छेलाई फलेका चामल

पित्तल म के मागेथेँ सुन दियौ।

स्वास विनाको यो मृत गजलमा

प्राण भर्न संगितको धुन दियौ ।

सवै दियौ बद्लामा केहि चाहिनौ

दङ्गदास भो “संगम” मायाँ कुन दियौ ।

दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।