18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजु सुब्बा December 23, 2009, 8:58 pm

अरुकै ठेगाना दिएर अब बाँच्नु कति

परिचय विहीन जिउँदो लास साँच्नु कति

आफ्नै नामको एकमुठी माटो विहिन हामी

टेकेकै ठाउँमा अस्तित्व विहिन नाँच्नु कति

माटोकै अभावमा हुदैछ जीवन भबिष्य विहीन

कालो इतिहास सम्झिएर सपना भाँच्नु कति

आफ्नो पहिचान खोज्नु आउ कम्मर कसौं

देशको माया आँसुको झरीले जाँच्नु कति

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।