18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शिव मिश्र December 23, 2009, 4:16 am

दुवन्नी र चवन्नीमा देश चलिरा'छ

कुर्सी पुग्ने गन्तव्यको रेश चलिरा'छ ।।

कञ्चञ्जङ्घा तल झर्यो सुस्ता भित्र सर्यो

नक्सा बिग्रिएर अवशेष चलिराछ ।।

ईट्टा जत्रो देश थियो गुच्चा जत्रो भाछ

तास्दा मास्दा पनि भन्छन् वेस चलिरा'छ ।।

नेपाल बेच्ने हो कि राख्ने टुङ्गो लाग्या छैन

अदालतमा विचाराधीन केस चलिरा'छ ।।

'शान्ति क्षेत्र बन्छ रे नि' 'हैन धनी हुन्छ'

'नाशै हुन्छ' 'हैन बन्छ' गेस चलिरा'छ ।।

घोडा ढल्यो हात्ती लड्यो फुच्चा फुच्ची भागे

उँट झर्यो मन्त्री मर्यो चेस चलिरा'छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।