18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज कुमार पुडासैनी December 23, 2009, 1:39 am

बाँचिरहें सारा जीवन, तिमीलाई पर्खिएर

भूलिरहें दुख पीडा, तिमीलाई सम्झिएर ||

तिमि आयौ काँडा बोकी, मेरो मनको फूल झर्यो

व्यर्थै बाँचे तिम्रो यादमा, आफूलाई बिर्सिएर ||

तिमी आयौ अर्कै भेषमा, फूलको रंग झैँ फेरिएर

दोबाटोमा देखें तिमीलाई, पराई संग बाँधिएर ||

होइन रै'छ मेरो खातिर, दुखीरहने तिम्रो मन

आँसु झारें मैले व्यर्थै, तिमीलाई सम्झिएर ||

बिर्स्यौ सारा बाचा कसम, मेरो मनलाई चिरा पार्यौ

तिम्रो मनको घाऊ दुखोस, मेरो माया सम्झिएर ||

नुवाकोट, हाल बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।