यो मन मेरो कैद नै गर्ने तिम्रोलागि जेल भयो
माया मेरो तिमीलाई बाँध्ने कसिलो नेल भयो ।
साथै बाँच्ने बाचा बन्धन,पुरा गर्ने धोको हाम्रो
खै किन हो आज आइ झुट्मुठको खेल भयो ।
आजै जस्तो लाग्छ मलाई,तिम्रो आवाज गुन्जिएको
त्यही बोली,त्यही आवाज मेरोलागि झेल भयो ।
भेट हुँदा सधैं भन्थ्यौ,गुमाउन चाहन्न तिमीलाई
त्यही बाणी महाभारतको कथा झै अचेल भयो ।
अमेरिका