आफ्नै अघिल्तिर आफैँ झुके पछि रून्छ मान्छे
माया गरी राखेको मन दुखे पछि रून्छ मान्छे
गीता पढ्दा वेद पढ्दा तातो छारो नउडेर
विश्वासका मूल सबै सुके पछि रून्छ मान्छे
फकाई फुलाई राखे पनि छट्पटिले पोल्छ मुटु
अनि जिन्दगीमा मौका चुके पछि रून्छ मान्छे
मान्छे रून्छ पक्कै रून्छ ग्वाँग्वाँ धुरुधुरु रुन्छ
कठै ! जिन्दगीले मुखमै थुके पछि रून्छ मान्छे