न तिम्रो मुटुमा न मनमा अटाएँ
बिना अर्थ तिमीलाई पर्खेर बिताएँ
यो शहर पुरानो बिरानो यो नाता
तिमीले भुलेको सम्झेर बिताएँ
न जीवनमा चैन भो न सुत्नै सकेँ म
हर रात व्यर्थै पर्खेर कटाएँ
न फुक्ने पासोमा फसायौ किन खै
हर पलमा चोटै चोट खाएर म बाँचे
यी सब तमासा माया भो लिलामी
मेरो सब जवानी सुम्पेर लुटाएँ
नुवाकोट, हाल: बेल्जियम