र्याप,पप, डिजे सुनियो मादलुको ताल जस्तो कहाँ पाउनु
समुद्र अनेक तर कोशी कर्णालीको छाल जस्तो कहाँ पाउनु
आनन्दको खोजीमा अनेक पापड बेल्दै बिदेश पुगियो
शितल छायाँ दिने अहा सल्लेरी साल जस्तो कहाँ पाउनु
बहलियन मन बहलाउन लस् भेगस् क्यासीनो धाईयो
ठूले, रिठ्ठे र च्याङ्बाको कौडाको खाल जस्तो कहाँ पाउनु
कस्तो न होला भनि नाना तरहको क्याटवाक हेरियो
तल्ला घरे साइली र माइलीको चाल जस्तो कहाँ पाउनु