हरेक निर्णयमा देश चुक्यो मेरो
सगरमाथाको गौरव झुक्यो मेरो ।
नेतै पाल्न पुग्दैन, आफ्नो ढुकुटी
पराईको दानमा देश ढुक्यो मेरो ।
सन्ततीले, बन्दुकको भाषा सिके
आतंकको त्रासले देश सुक्यो मेरो ।
दक्षिणतिर, सिमा साँघुरिदै गर्दा
शिर निहुराईकन देश लुक्यो मेरो ।
मालीकले नै, आफ्नो भन्ने बिर्सेपछि
भुस्याहा कुकुर झैँ देश भुक्यो मेरो ।
लथालीङ्ग, कैले भीरमा कैले तिरमा
लक्षविहिन हिँड्दा देश रुक्यो मेरो ।
रुँघा ७ , रुकुम
हाल: त्रि.बि. कीर्तिपुर, काठमाण्डौ