वालापनमै भए जस्तो लाग्थ्यो हिँजोसम्म ।
हेर्दा हेर्दै वैँश फूल्यो भयौ लटरम्म ॥
फक्रिएको थुँगा जस्तै लोभ लाग्दो रुप ।
सुकोमल अंगहरु जिउडाल टम्म ॥
कस्ति थियौ हिजो अस्ति कस्ति भयौ आज ।
हेरिरहुँ जस्तो लाग्छ नाच्दा छम्म छम्म ॥
पुग्ने आँट छैन के भो आज तिम्रो सामु ।
देख्दै खेरी लाग्छ नशा किन झम्म झम्म ॥
पो.ब.नं. १०४५४,काठमाडौँ