18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रदीप चापागाईं December 12, 2009, 8:55 pm

महल छोडी हेर्ने गर खरका ति छानाहरु

जिउन कती गार्हो हुन्छ पल्टाई हेर पानाहरु

तिमी पूर्ण छौ भन्दैमा संसार पूर्ण हुन्न यहाँ

जाउ हेर ति गरीबका नाङलो पाथी मानाहरु

सुखसयल तिमीलाई घरी घरी पछ्याउँछ

रुन्छन् हजार भोक भोकै नपाएर खानाहरु

हुनेलाई थपी थपी नहुनेलाई अझै रित्तो

त्यही दु:खी माथी पर्छ असिनाका दानाहरु

कस्तो रै'छ सृष्टी यहाँ अचम्म छ देख्दा पनि

बनायौ नि किन दैव ठुला अनि सानाहरु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।