विपुल बक्र बाटा धुँवा झैं जिन्दगानी
सब अबयब हलुका रुवा झैं जिन्दगानी ॥
बिकट बिगत देखिन् फगत नाँद मात्रै
प्रतिध्वनी जब मिल्छ कुवा झैं जिन्दगानी ॥
बिषम मोड थुप्रै; थापी बाजी अनेकौं
मुकुल रहर हार्ने जुवा झैं जिन्दगानी ॥
लाख लाख जिजीविषा ढुंगा पुज्नै भनेर
हठ गरी चुँडिएको पालुवा झैं जिन्दगानी ॥
नबुझी केके गम्थ्यो वैरागी यो जीवनमा
तर फगत बगरको बालुवा झैं जिन्दगानी ॥