नयाँ छन् बहाना नयाँ चालबाजी
थियौ जनहितैषी बन्यौ घोर नाजी
जहाजै पुरानो सडेको छ भित्ता
र आँधी ठुलो के गरोस् खै जहाजी
ग¥यौ बास दरबारकै छेउमा गै
थियौ नि म जस्तै बन्यौ आज काजी
महङ्गो रासन र टि.भी. छ सस्तो
त्यसै भित्र हेर्छु अचेल सागभाजी
भयो के र मैले दिएँ साथ तिम्रो
सभामा बसाल्यौ अझै हेर पाजी
यही भा’छ शङ्का तिमी जाली हौ कि
नयाँ दीप बाल्थे हुँदैनौ नि राजी
बैतडी