पछाडि पछाडि पद्चापको आवाज थियो
सुनसान रात सुन्यताको राज थियो
डरले दौडिरहेँ अन्ध्यरो थियो परिवेस
निन्द्रामा मस्त समस्त समाज थियो
कत्ती रुएँ कत्ती कराएँ हर पयरमा
एक्लै म वरिपरि धोकेबाज थियो
अनुहार धुई आँफैलाई हेरेँ चिन्नसकिन
आँफैमा आज अपरिचितको ताज थियो