तिमीलाई सम्झेर रोएँ
भुलेका व्यथा वल्झेर रोएँ
एक्लो म यात्रा हिडेको थिएँ
तिम्रै छेउमा अल्झेर रोएँ
कहाँ देखुँ भैरन्छ तिमीलाई
मीठा मीठा कुरा कल्पेर रोएँ
सक्तिन भन्न म मनको पीडा
भुलेका व्यथा पल्झेर रोएँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।