18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राकेश कार्की December 8, 2009, 7:44 am
राकेश कार्की
राकेश कार्की

लौ गोरु ब्याएर हरुवाहरुले देश चलाउँदा भए

सांसद नै नभइ प्रधानमंत्री, मंत्री पलाउँदा भए

डोकोमा पानी अडियो खोलो उत्तरतिर बग्यो

जनमत पाएको जनसरकार पनि ढलाउँदा भए

पुच्छर लुकाएर कुदेको ङ्च्चि दाँत देखाएको

बिर्सि कर्कलाको पातमा मोती फलाउँदा भए

जितने कोही तराई आधी कोही गणतन्त्रवादी

उछृङ्खलताले सरकारको हड्डी गलाउँदा भए

नेपाली जनताको खुट्टो सधैँ नाङ्गो रित्तो

गोल्डेन बुट लाउनेले नै संविधान छलाउँदा भए

आफ्नाको खुट्टो तानी देशलाई छिड्की हानी

बिदेशीको सलाई मागी मागी देश जलाउँदा भए

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।