कुनै चीज नयाँ केहि म देखुँ तिमीलाई|
भन कुनै अर्कै नाम म राखुँ तिमीलाई ||
भुले'नी तिमीलाई सम्झिन सकियोस |
हर भेटको यादमा सजाउँ तिमीलाई ||
रत्ति भर पाप त्यो मनमा न आवोस |
सम्झिन सजिलो नाम राखुँ तिमीलाई ||
अरुले बोलाउँछ्न् सजिलै तिम्रो नाम |
मायालु या अरु केहि म भनुँ तिमीलाई ||
नुवाकोट,हाल: बेल्जियम