घर चुन्छौ कि फूल गलहत्त्याएको बेला
मनै चुन मनले लत्त्याएको बेला
बलियो मियो खोज्छन् पाकेका धानले
काँचो परालले गोरु मत्त्याएको बेला
उडाउँने हो कि अझै नलेखेको कागत
ताली पड्काउँदै हावा बत्त्याएको बेला
चिनाऊ बराल्लिनेलाई पसिनाको सुगन्ध
रंगीन पानीले मगज रत्त्याएको बेला।
झट्टै सारि हाल हुर्किसकेका बेर्नाहरु
घामपानीले पनि माटो पत्त्याएको बेला