18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भूपेन्द्र नीराजन December 2, 2009, 9:35 pm

नाता गहिरो जोडेर, जानेलाई संझिएँ ।

थाहै नदिई तोडेर, जानेलाई संझिएँ ॥

कसैसित एक बचन मेरो खबर बारे ।

सोध्दै नसोधी छोडेर, जानेलाई संझिएँ ॥

दोबाटोमा कुर्ने बानी परेपछि मलाई ।

अन्तै पाईला मोडेर, जानेलाई संझिएँ ॥

मुटु भित्र राखेर बन्द गर्दा ढोकाहरु ।

छाति लात्ताले फोडेर, जानेलाई संझिएँ ॥

नाता गहिरो जोडेर, जानेलाई संझिएँ ।

थाहै नदिई तोडेर, जानेलाई संझिएँ ॥

पो.ब.नं.- १०४५४, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।